ट्याक्टरको ठक्करबाट ढोरपाटनमा बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट ढोरपाटनमा बालकको मृत्यु

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो २ बजे ढोरपाटन नगरपालिका( ६ चामिदवारमा ध १ त ५११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानमा बस्ने वर्ष १३ का लक्ष्मण वि.क को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।

घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय