बडिगाड गाउँपालिकामा लाईसेन्स नभएका कर्मचारीले चलाएको सरकारी बाईक दुर्घटना

बडिगाड गाउँपालिकामा लाईसेन्स नभएका कर्मचारीले चलाएको सरकारी बाईक दुर्घटना

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । बडिगाड गाउँपालिकाको बाइक दुर्घटनामा घाइते भएका एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।

मंगलबार साँझ खार बजारदेखि खाल जाँदै गरेको ध१ब ६२३ नम्बरको बाइक दुर्घटनामा घाइते भएका महेन्द्र जिसीको अवस्था चिन्ताजनक रहेकाे मनिपाल अस्पताल पोखराका वरिष्ठ न्यूरो सर्जन बालगोपाल कर्मचार्यले जानकारी दिए ।

‘अवस्था चिन्ताजनक छ, अहिले भेन्टिलेटरको सहायताले राखेका छौं,’ उनले भने, ‘ उहाँका आफ्नत भोलि आउने कुरा भएकाले बाँकी भोलि नै भन्छौं।’

जिसीकाे टाउँको गम्भीर चोट लागेका कारण बुधबार साँझ अपरेशन गरिएको थियो । माेटरसाइक चालक बडिगाड गाउँपालिकाका शव इन्जिनियर माेहन रमौली बुधबार सामान्य उपचारपछि डिस्चार्ज भएका थिए ।

रमाैलीकाे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना भएको माेटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । न्यूज खरी

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय