निराको परिवारका सदस्यहरु लिएर पोखरा प्रस्थान बडिगाड गाउँपालिकाका उपाध्यक्ष वन

निराको परिवारका सदस्यहरु लिएर पोखरा प्रस्थान बडिगाड गाउँपालिकाका उपाध्यक्ष वन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कमल पौडेल,बडिगाड: पोखरामा भएको विमान दुर्घटनाको घटनाले बडिगाड गाउँपालिका पनि शोकमा डुवेको छ। ब

डिगाड गाउँपालिका वडा नं. ३, शिसाखानी घर हुनुभएकि लोक गायिका निरा छन्त्याल पनि सोहि दुर्घटनामा परेपछि शिसाखानी संगै गाउँपालिका नै शोकमा परेको हो। यसैविच बडिगाड गाउँपालिकाले शोकाकुल परिवारलाई पोखरा पुर्याउन पहल लिएको छ।

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन र वडा नं. ३ सिसाखानीका वडाध्यक्ष खड्क पुन निराको परिवारका सदस्यहरु लिएर पोखरा प्रस्थान गर्नुभएको छ।

गाउँपालिकाले परिवारको चाहना अनुसार शव पोखराबाट ल्याउन सहयोग गर्ने बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभएको छ।

यसैविच बडिगाड गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै दिवाङ्गत आत्मको चिरशान्तिको कामना गरेको छ।

गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा शोकमा रहेको परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै समवेदना व्यक्त गरिएको छ। भने गाउँपालिकाले मृतकको परिवारलाई सहयोग गर्ने जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय