बडिगाडकी गायिका निरा छन्त्याल यतिको धुवाँ संगै अस्ताइन

बडिगाडकी गायिका निरा छन्त्याल यतिको धुवाँ संगै अस्ताइन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकामा जन्मिएकी लोक दोहोरी गायिका निरा छन्त्याल आइतवार पोखरमा भएको यति एयरलाइन्स जहाजको धुवा सँगै अस्ताएकी छन ।

विमान दुर्घटनाको घटनाले बडिगाड गाउँपालिका पनि शोकमा डुवेको छ। बडिगाड गाउँपालिका वडा नं. ३, शिसाखानी घर हुनुभएकि लोक गायिका निरा छन्त्याल पनि सोहि दुर्घटनामा परेपछि शिसाखानी संगै गाउँपालिका नै शोकमा परेको हो।

शनिबार फेसबुकमा पोष्ट गरिन् ‘छन्त्याल भवन काठमाडौंको माघी सकियो अब भोलि पोखरा मा रमाइलो गर्नुपर्छ।’ यसरी फेस्वुकमा पोष्ट गर्दै पोखरा ,म्याग्दी र बागलुङको भिमपोखराको माघेसंक्रान्ति मेलामा पुगेर रमाइलो गर्ने चाहाना अधुरै राखेर हामि माझ अस्ताएकी छन ।

६८ जना यात्रु र ४ जना चालक दलका सद स्य बोकेर बिहान १०ः३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको यती एयरलायन्सको जहाज सकुसल गन्तब्यमा पुग्न सकेन ।

१० बजेर ५४ मिनेटदेखि सम्पर्कबिहीन भएको यतीको विमान सेती नदीको खोंचमा दुर्घटनामा परेर जल्दै गरेको यतिको धुवाँ संगै गायिका छन्त्याल विलिन भइन । पाेखरामा रमाइलाे गर्ने उनकाे याेजना अधुरै रह्याे ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय