मतपत्र च्यातिएको हल्लापछि बागलुङको जैमिनीमा मतदान स्थगित

मतपत्र च्यातिएको हल्लापछि बागलुङको जैमिनीमा मतदान स्थगित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङको जैमिनी नगरपालिका-४ स्थित जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

दिउँसो २ बजे एक समूहले मतदानस्थलमा प्रवेश गरी मतमत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार बिहानदेखि शान्तीपूर्ण रूपमा मतदान सुरु भएको जनता माथि केन्द्रमा हस्ताक्षरविना मतदान भएको हल्ला फैलिएपछि एक समूह मदतानस्थल प्रवेश गरी मतपत्र च्यातेको उनले बताए ।

मतमत्र च्यातिएपछि मतदानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले मतदान स्थगित भएको छ । कसले कति मत च्यातेका छन् भन्ने सम्बन्धमा प्रष्ट नभएको उनले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय