बागलुङमा खोलाले बगाएर एकजनाको मृत्यु

बागलुङमा खोलाले बगाएर एकजनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका-२ सलामकोट बस्ने १९ वर्षीया सुनिता महत खत्रीको निसीखोला गाउँपालिका–२ पाखुटेस्थित निसीखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।

आफ्नै छोरा दुई वर्षीय सुलभ खत्रीलाई बोकी निसीखोला गाउँपालिका-१ फुपुको घरमा जाने क्रममा उक्त खोलाले दुवै जनालाई बगाउँदा घटनास्थलबाट करिब ५०० मिटर तल सोही खोलाको किनारमा उनको शव फेला परेको हो ।

साथै, घाइते भएका उनको छोरालाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय