गुल्मीमा ६५ वर्षीया वृद्धालाई करणी गर्ने युवक पक्राउ

गुल्मीमा ६५ वर्षीया वृद्धालाई करणी गर्ने युवक पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्तीकरणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको ईश्मा गाउँपालिकाकी ६५ वर्षीय वृद्धालाई जवरजस्तीकरणी गर्ने सोही गाउँपालिकाको वडा नं ४ नयाँ पोखराका ३६ वर्षीय कृष्ण बहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भदौ १३ गते ती वृद्धालाई घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गरी फरार रहेका सार्कीलाई खोजतलास गरी पक्राउ गरिएको हो

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय