लागु औषध सहित बडिगाडका रोका पक्राऊ

लागु औषध सहित बडिगाडका रोका पक्राऊ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध लागु औषध खरिद बिक्रि वितरण गरेको आरोपमा बडिगाड गाउँपालिका–७ बस्ने गगन रोकालाई पक्राउ गरेको छ ।

अवैध लागु औषध खरिद विक्रि वितरण गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

अवैध लागु औषध चरेश खरिद बिक्रि वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनको घरमा गई चेकजाँच गर्ने क्रममा निजको कोठामा रहेको खाटमुनि निलो पालोथिन र प्लास्टिकको झोलामा पेप्सिको बोटल जस्तो देखिने बाँस (निगाल) जडान गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

बरामद गरिएको निलो पालोथिनमा लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ २ सय ७० ग्राम र एक थान हुक्का फेला परेको छ ।

उनलाई थप अनुसन्धानको लागि ५ दिन थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । ईपरी न्यूज 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय