वागलुङमा पिकअप जिप दुर्घटना : ४ जना घाईते

वागलुङमा पिकअप जिप दुर्घटना : ४ जना घाईते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

वागलुङ : गलकोट नगरपालिका वडा नम्वर ९ वाँसखोलामा पिकअप जिप दुर्घटना हुदा ४ जना घाईते भएका छन् ।

वागलुङदेखि काँडेवास तर्फ जादैँ गरेको ग १ च ३७५७ नम्वरको पिकअप जिप मध्यपहाडि लोकमार्गमा आफैँ अनियन्त्रित भई सडक देखि करिव १० मिटर तल खस्न जाँदा ४ जना घाईते भएका छन् ।

जसमध्ये गलकोट नगरपालिका वडा नम्वर ११ काउछेका २५ वर्षिय लप्सन श्रीस, गलकोट नगरपालिका वडा नम्वर ८ का १९ वर्षिय सोनिसा सलामि, गलकोट नगरपालिका वडा नम्वर ८ कै २१ वर्षिय सुनिता दर्जि र गलकोट नगरपालिका वडा नम्वर ९ का सवारी चालक २४ वर्षिय जनम थापा दु्र्घटनामा परी सामान्य घाईते भएको हटिया प्रहरी चौकिले जनाएको छ ।

घाईतेहरुको ईमर्जेन्सि पोलिक्लिनिकमा उपचार भईरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय