गुल्मीका एक युवाले फिर्ता गरे बाटोमा भेटाएको एक लाख रुपैयाँ

गुल्मीका एक युवाले फिर्ता गरे बाटोमा भेटाएको एक लाख रुपैयाँ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाका एक युवाले इमान्दारिता र उदारताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बाटोमा भेटाएको एक लाख रुपैयाँ र नागरिकताको प्रमाणपत्र सो सामानको मालिकलाई बुझाएका छन् ।

मुसिकोट न.पा. वडा नं. ३ का अर्थुंगे साईला भनेर चिनिने खिमलाल कुमालको वामी टक्सार आउने क्रममा हराएको नागरिकता र नगद रु. १,००,०००/- समेत मुसिकोट नगरपालिका-७ निवासी सुशान्त शाक्यले फेला पारी निज खिमलाल कुमाललाई हस्तान्तरण गरेका हुन् ।

हराएको पैसा र नागरिकताको प्रमाणपत्र फिर्ता गरेकोमा कुमालले शाक्यलाई धन्यवाद व्यक्त गरे।

शाक्यको यस किसिमको उदारता र इमान्दारिताको सबैले प्रशंसा गरेका छन् । यो खबर आइएनएन वामीटक्सारको सहयोगमा तयार पारिएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय