बडिगाडमा पहिलोपटक भिडियो एक्स-रे र ईसीजी सेवा सुरु

बडिगाडमा पहिलोपटक भिडियो एक्स-रे र ईसीजी सेवा सुरु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स-रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सबै वडाका सर्वसाधारण्लाई पायक पर्नेगरी ग्वालीचौर स्वास्थ्य चौकीमा भिडियो एक्स–रे र ईसिजी सेवा सञ्चालनमा ल्याएको हो ।

यसअघि बडिगाडका कुनै पनि स्वास्थ्य संस्थामा यो सुविधा उपलव्ध थिएन । गाउँपालिकाले सशुल्क फार्मेसी सेवा समेत सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

‘गर्भवतीका लागि भिडियो एक्सरे कै लागि टाढा टाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौं’ भण्डारीले भने ‘सशुल्क फार्मेसीबाट सरकारी स्वास्थ्य संस्थामा पाईने बाहेकका औषधि नजिकैबाट बिरामीले पाउने छन् ।’ उनका अनुसार औषधिहरुमा गाउँपालिकाले सहुलियत दिनेछ ।

६ महिनादेखि ५ बर्षसम्मका बालबालिका देखिने कुपोषणको समस्या समाधान तथा उपचार समेत स्वास्थ्य चौकीबाट सुरु भएको भण्डारीले बताए । गाउँपालिकाले शुक्रबारदेखि थप गरेका सेवा तथा फार्मेसिको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले नजिकको सरकार सधैं जनताको साथमै रहने बताईन् ।

स-सानो उपचार सेवाका लागि जिल्ला सदरमुकाम र जिल्ला बाहिरका अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले प्रयास थालेको बताईन् । स्वास्थ्य शाखाले दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर भिडियो एक्स-रे र ईसीजी सेवा दिनेछ भने फार्मेसी सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय