गुल्मीमा भेटिएको शवको पहिचान खुल्यो !

गुल्मीमा भेटिएको शवको पहिचान खुल्यो !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए ।

आज बिहान १० बजे तिर गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए ।

उक्त कंकाल मुसिकोट नगरपालिका १ बस्ने ७९ वर्षीया सेती खातिको रहेको वडा अध्यक्ष कुवरले उल्लेख गरे । शवको पोस्ट मार्टमको लागि अहिले गुल्मी अस्पताल तम्घास ल्याईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय