बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पहिलो पटक विशेषज्ञ सेवा सुरु

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पहिलो पटक विशेषज्ञ सेवा सुरु

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङको पश्चिम क्षेत्र ढोरपाटनमा रहेको बुर्तिवाङ प्राथमिक स्वस्थ्य केन्द्रमबाट पहिलोपटक बिशेषज्ञ सेवा दिन थालिएको छ ।पश्चिम क्षेत्रको निसीखोला, ढोरपाटन र तमानखोला गरी तीन पालिकाका जनतालाई स्वास्थ्य सेवा दिइरहेको प्राथमिक स्वस्थ्य केन्द्रले पहिलोपकट साउन १ गते देखि विशेषज्ञ सेवा दिन थालेको छ ।

स्वास्थ्यकेन्द्रले पछिल्लो पटक दरबन्दी भन्दा बढी जनशक्ति परिचालन गरी स्वस्थ्य सेवा दिदै आएकोमा अबदेखि विशेषज्ञ सेवा समेत दिन थालेको हो । प्राथमिक स्वस्थ्य केन्द्रमा हालसम्म चार जना मेडिकल अधिकृत कार्यरत रहेकोमा साउन १ गते देखि जनरल फिजिशियन डा.डिबि क्षेत्री हाजिर भएर सेवा दिन थाल्नुभएको छ ।

स्वास्थ्य केन्द्रमा अहिले बिरामीको चाप उच्च रहेकाले भएका जनशक्तिले समेत सेवा दिन हम्मे हम्मे परिरहेको अवस्थामा विशेषज्ञ सेवा दिन थालिएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डा. निरज सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार एक जना विशेषज्ञ सेवा सहित एनेस्थेसिया र स्टार्फ नर्स गरी तीन स्वास्थ्यकर्मी दुर्गमको स्वास्थ्य उपचारमा काम गर्दै आएको गैरसरकारी संस्था निक साइमण्ड इन्सिच्युटले व्यवस्थापन गरेको हो ।

इन्सिच्युटले गत आर्थिक वर्षमा शल्यक्रिर्याका लागि समेत रु. १० लाख बराबरको उपकरण सहयोग गरिसकेको छ । निक साइमण्ड इन्सिच्युटले तलब व्यवस्थापन गर्ने गरी जनरल फिजिशियन डा. डिबि क्षेत्री संगै एनेस्थेसिया कुशलराज भट्टराई र शल्यक्रिर्याको तालिम प्राप्त स्टाफ नर्स जानकी डाङ्गीलाई साउन १ गते देखि स्वास्थ्य केन्द्रमा सेवा दिन पठाएको हो । स्वास्थ्य केन्द्रले सामान्य प्रकारका सबै शल्यक्रिर्या गर्न सक्ने जनशक्ति र उपकरण व्यवस्थापन गरेको छ ।

बुर्तिवाङ स्वास्थ्य केन्द्रले हाल सम्म शल्यक्रिर्या मार्फत सुत्केरी, ओपिडि सेवा, इमेरजेन्सी सेवा, गर्भवती सेवा, शल्यक्रिर्या सेवा, प्रयोगशाला सेवा, फर्मेसी सेवा, दन्त सेवा, आँखा रोगको उपचार संगै एक्सरे र पोष्टमार्टम समेत प्रदान गर्दै आएको छ । विशेषज्ञ सेवा दिन थालेपछि शल्यक्रिर्या मार्फत सुत्केरी, हाइड्रोशिल, हर्निया, एपेन्डिक्स र सामान्य हड्डीको शल्यक्रिया सेवा थप भएका छन् ।

निक साइमण्डले व्यवस्थापन गरेको बाहेक स्वास्थ्य केन्द्रमा अहिले निमक्ति प्रमुख डा. निरज सुवेदी सहित मेडिकल अधिकृत डा. अनिश थापा, डा.अमृता बराल र डा.अनिल केसी कार्यरत रहेका छन् । पछिल्लो समय सेवामा सुधार गर्दै आएको स्वास्थ्य केन्द्रले भौतिक पूर्वाधार प्रयाप्त भएपनि स्वास्थ्य केन्द्रबाट स्तरोन्नती गर्न सकिरहेको छैन । बागलुङमा हाल जिल्ला अस्पताल छैन ।

बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर जिल्ला अस्पताल बनाउनेगरी भौतिक पूर्वाधार निर्माण भएपनि स्तरोन्नती हुँन नसक्दा स्वास्थ्यकेन्द्रकै दरबन्दीमा सेवा दिन बाध्य छ । तर स्वास्थ्य केन्द्रमा आउने विरामीको चाप र भौगोलिक विकटता र यसले प्रदान गर्ने स्वास्थ्य सेवा तीन पालिकामा रहेकाले करारमा भएपनि अतिरिक्त चिकित्सकले सेवा दिइरहेका छन् । खेमराज गौतम,आदर्श अनलाईन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय