मलामी गएका पुरुष बडिगाड खोलामा खसेर वेपत्ता

मलामी गएका पुरुष बडिगाड खोलामा खसेर वेपत्ता

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाईन,गुल्मी । छिमेकीको मलामी गएका गुल्मीका एक पुरुष बडिगाड खोलामा बेपत्ता भएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का अन्दाजी ६० वर्षीय तुलबहादुर अधिकारी बडिगाड खोलामा खसेर वेपत्ता भएका हुन् ।

उपल्लो भुवाचिदी स्थित वडा नं ४ र ६ जोड्ने पुलको नजिकको पैदल हिड्ने साघुरो बाटोबाट चिप्लिएर बडिगाड खोलामा खसेर उनी वेपत्ता भएका हुन् ।

स्थानिय र प्रहरी चौकी वामिको सक्रियतामा भुवाचिदी देखि तल्लाफाट सम्म खोजी गर्दा पनि फेला नसकिएको वामी प्रहरी चौकीले जनाएको छ ।

उनको खोजि कार्य भईरहेको छ । तस्बिर : देविराम घिमिरे

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय