एसईईमा नेपाल प्रथम भए कपिलवस्तुका करुण

एसईईमा नेपाल प्रथम भए कपिलवस्तुका करुण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कपिलवस्तु  । “हाेराईजन सदैव उच्च” नारा बनाएको विद्यालयले नारा जस्तै नतिजा पनि पाएको छ ।

आज सार्वजनिक भएको एस.ई.ई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको बाणगंगा सिद्धिपुरमा रहेको होराइजन अग्रेजी आवासीय माध्यमिक बिद्यालयका करुण घिमिरे नेपाल प्रथम भएका छन । उनले ४ जिपिए ल्याउदै नेपाल प्रथम भएको विद्यालयले जनाएको छ।

एस.इ.ई.को हकमा ४ जिपिए सम्पुर्ण कुल नतिजा हो । यो नतिजा संगै उनको र बिद्यालयको चर्चा चलेको छ । कपिलवस्तु जिल्लााकै पहिलो ‘क’ बर्गको बिद्यालय समेत रहेको होराइजनले उत्कृष्ट नजिता समेत ल्याएको छ ।

जसमा ए प्लस ग्रेडमा १६ जना, ए ग्रेडमा २४ जना, बि प्लस गे्रडमा ४ जना बि ग्रेडमा १ जना र सि प्लस ग्रेडमा १ जना पास भएको बिद्यालयका प्रार्चाय बासुदेव घिमिरेले बताए ।

विद्यालयले कुरामा हैन नतिजामा बिश्वास गर्छौ भन्ने कुरा सबित भएको जनाएको छ । -प्रेसपाटी

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय