झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

झापा : झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।

स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आत्महत्याको कारण भने खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए ।

यो घटनाले गाउँ नै शोकमा डुबेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय