मुसिकोटका चार घर पहिरोको जोखिममा

मुसिकोटका चार घर पहिरोको जोखिममा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,मुसिकोट : गुल्मीको मुसिकोट नगरपालिकामा ४ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

लगातारको वर्षाले वडा नं २ मा १ र वडा नं ३ मा ३ वटा घर उच्च जोखिममा रहेको वडा नं २ का वडाध्यक्ष रविन्द्र खत्रीले जानकारी दिए । घर माथिबाट पहिराको लेदो बगेकाले त्यस क्षेत्रका अन्य घर समेत प्रभावित भएका छन् ।

वडा नं ३ का स्थानीय बम बहादुर जोगी कुँवर,हर्क टमोटा सुनार र रामे दमाईको घर पहिरोको जोखिममा परेको छ । त्यस्तै वडा नं २ मा कमला विश्वकर्माको घर पहिरोको जोखिममा परेको वडाध्यक्ष खत्रीले जानकारी दिए ।

उनीहरुको घर छेउ र माथिबाट पहिरो खसेका कारण जोखिम बढेको उनले बताए । मुसिकोट नगरपालिका मनसूनजन्य विपद शाखाले उक्त घरको स्थलगत निरिक्षण गरेको छ ।

शाखाका असिष्टेन्ट शव ईन्जिनियर करन विष्टले उक्त पहिरोग्रस्त क्षेत्रको स्थलगत निरिक्षण गरी आवास पुर्न निर्माणका लागि सघं सरकारमा सिफारिस गरि पठाईएको जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय