गुल्मीमा आफ्नै श्रीमती जबरजस्तीकरणी गरेको आरोपमा श्रीमान पक्राउ

गुल्मीमा आफ्नै श्रीमती जबरजस्तीकरणी गरेको आरोपमा श्रीमान पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,गुल्मी,:  गुल्मीमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा मदाने गाउँपालिका-४ पुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

२४ वर्षीय पीडित श्रीमतीले आफुलाई श्रीमानले वैवाहिक जवर्जस्ती करणी गरेको जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका पुरुषलाई वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको समेत खरेलले बताउनुभयो ।

श्रीमानले आफुलाई डर, धाक, धम्की दिई पटक पटक इच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको भनी पिडित श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिईन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय