बडिगाड । बडिगाड गाउँपालिकाकी एक मृगौला पीडित बिरामीलाई अपिल सापकोटाले उपचारकालागि आर्थिक सहयोग गरेका छन् ।
बडिगाढ ६ चितचौरकी ९ वर्षीय मृगौला पिडित पार्वती घर्तीलाई गुल्मी वामी स्थायी घर भई हाल अमेरीकामा रहेका सापकोटाले नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
मृगौला पीडित घर्तीको आर्थिक अभावमा उपचार नपाएको खबर जिटिभी नेपाल युटुब च्यानलबाट प्रशारण भएपछि सापकोटाले उक्त भिडियो मार्फत उपचारका लागि आर्थिक सहयोग गरेका हुन् ।
सहयोग रकम जिटिभी नेपालका व्यवस्थापक दिपक नेपालीले पिडितका बुबा जगत बहादुर घर्तीलाई घरमै गएर हस्तान्तरण गरेका हुन् । आफ्नो छोरीको उपचारका लागि आर्थिक सहयोग गर्ने सापकोटालाई बुबा जगत बहादुरले धन्यवाद व्यक्त गरे । साथै उनले अन्य सामाजिक एवम् मनकारी सहयोगी व्यक्तिहरुले सक्दो सहयोग गरि छोरीलाई जीवनदान दिन आग्रह पनि गरे ।
जगतकी जेठी छोरीको ब्रेन ट्युमरको कारण उपचार नपाएर एक महिना अगाडी मात्रै मृत्यु भएको थियो । त्यस्तै माईली छोरीले १ वर्ष अगाडी आत्महत्या गरेकी थिईन् । पार्वती साईली छोरी हुन् । उनको दुबै मृगौला फेल भएपछि अहिले जीवन मरणको दोषाधमा आर्थिक अभावमा उपचार नपाउँदा विस्तारामै थलिएकी छिन् ।
“दैवले नि मै माथि बज्रपात गर्यो बुबा जगतले भने,अलिअलि भएको सम्पति जेठी छोरीकै उपचारमा सकियो अहिले त बिहान बेलुका के खाने के लाउने भन्ने स्थिति छ म कसरी छोरीको उपचार गरुँ ?” घर्तीका ५ भाई बहिनी छोरा छोरी मध्ये अब ३ जना मात्रै साथमा छन् । उनीहरुलाई पनि गुमाउनुपर्ने होकी भन्ने पिरलोले घर्तीलाई रातभरी निद्रा लागेको छैन् ।

सहयोगी अपिल सापकोटा





