कांग्रेस गलकोट नगर सभापतिमा विरजंग भण्डारी !

कांग्रेस गलकोट नगर सभापतिमा विरजंग भण्डारी !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट गलकोट नगरपालिकाको सभापतिमा विरजंग भण्डारी चयन हुनु भएको छ ।

शनिबारदेखि सुरु भएको अधिवेशन सहमति नजुट्दा सोमबारसम्म लम्बिएको हो । सभापतिका लागि भण्डारीसहित नारायणध्वज मल्ल र मुकुन्दसिंह भण्डारीले उम्मेद्वारी दिनु भएको थियो ।

लामो समयको कसरत पछि सर्वसम्मत रूपमा भण्डारी सभापतिमा चयन भएको निर्वाचन अधिकृत माया पौडेलले जानकारी दिनुभयो । उपसभापति, सह–सचिव पनि सहमतिमै चयन भए पनि सचिवको लागि छलफल भई रहेको पौडेलले बताउनुभयो ।

सचिवमा हेमराज गैरे, लोकनाथ कँडेल, योगेश भण्डारी, चिरञ्जीवी मरासेनी र टिकाराम गौमतले उम्मेद्वारी दिएका थिए । उनीहरु मध्य दुई जना चयन हुने छन् । सचिवका लागि सहमति जुटाउने प्रयास भइरहेको उहाँको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय