बाग्लुङमा निषेधाज्ञा थप : के गर्न पाईन्छ के पाईँदैन ?

बाग्लुङमा निषेधाज्ञा थप : के गर्न पाईन्छ के पाईँदैन ?

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : जिल्ला प्रशासन कार्यालय बागलुङले अर्को सूचना नभएसम्मका लागि तोकिएका सेवा संचालन हुने गरी निषेधाज्ञा थप गरेको छ ।

शुक्रबार सम्म जारी भएको निषेधाज्ञा अनिश्चत कालका लागि थप गरिएको भएपनि होटल व्यवसाय ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न अनुमती दिएको छ ।

बिहिबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले सिफारिस गरेअनुसार ५० प्रतिशत क्षमतामा होटल संचालन गर्न पाउने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकरी शिव कुमार कार्कीले जानकारी दिनुभयो ।

यसअघि भएका निर्णयमा रेष्ट्राँ र खाजाघर खुल्ला गरेपनी आवासीय होटल संचालन गर्न दिइएको थिएन । होटल व्यवसायीले होटल खुल्ला गर्न र खोप लगाउन माग गर्दै आएका थिए ।

सरकारले खुल्ला लामो तथा छोटो दुरीका सार्वजनिक यातायात पनि स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न प्रशासनले सूचना जारी गर्दै अनुरोध गरेको छ । विद्यालय तथा परिक्ष सञ्चालन नगर्ने तर विश्वविद्यालय र उच्च माबिका परीक्षा सरकारले निकाले तालिका अनुसार मापदण्ड पु¥याएर गर्न पाउने व्यवस्था भएको छ ।

बागलुङमा पछिल्लो समय कोरोना संक्रमण दर र मृत्युदर दुबै बढ्दै गएको छ । जिल्लामा अहिले ३ सय ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ती देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

फलफूल, तरकारी तथा खाद्ययन्न लगायतका पसलहरु बिहान १० बजे सम्म र बेलुका ४ बजेदेखि ६ बजे सम्म सञ्चालन गर्ने, सहरकारीले घरदैलो नगर्ने तथा खाजा घर तथा रेष्टुरा वेलुका ७ बजे सम्म सञ्चालन गर्न पाइने छ । – Aadarsasanchar

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय