बाख्रा चराउन जाँदा भीरबाट लडेर बागलुङ जैदीका थापाको मृत्यु !

बाख्रा चराउन जाँदा भीरबाट लडेर बागलुङ जैदीका थापाको मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–७ जैदीका एक व्यक्तिको शनिबार बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । जैदी बतासेका ५३ वर्षीय रेशम थापा मगरको मृत्यु भएको जैदीबाट देवेन्द्र राना बताए ।

चोखेकदेखि बोर तर्फ जाने बाटोबाट खसेर थापाको घट्ना स्थलमानै मृत्यु भएको बताईएको छ । थापाका ३ भाई छोरा र एक छोरी रहेका छन् । छोराहरु प्रवाशमा रहेको बताईएको छ । घट्ना शनिबार दिउँसौ करिब २ बजेको समयमा भएको बताईएको छ ।

थापा भीरबाट करिब ५ सय मिटर तल खसेको सागर गिरीले जानकारी दिए । थापाको टाउकोमा गहिरो चोट लागेको थियो । ईपरी न्यज

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय