गण्डकी प्रदेशमा नयाँ भेरिएन्टको कोरोना भाईसर पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आज एक विज्ञप्ति निकाल्दै गत जेठ ३१ गते परीक्षणका लागि पोखराबाट काठमाण्डौ पठाइएको नमूना परीक्षणमा नयाँ भेरिएन्ट (delta B1 672.2) डेल्टा बि वन ६७२ (२) पुष्टि भएको विज्ञप्तिमा भनिएको छ ।
साथै यो दोस्रो भेरिएन्ट अल्फा भन्दा बढी संक्रामक हुनेभएकाले सबै नागरिकमा सतर्कताका लागि अपील गरिएको विज्ञप्ति मार्फत जानाकारी गराइएको छ ।
विज्ञप्तिमा स्याङजाको कालिगण्डकी गाउँपालिकामा वर्ष १४ र ६० का पुरुष तथा र गोरखाको बारपाक, सुलिकोट गाउँपालिकामा वर्ष ७०, ३३ र ४० का तीन जना महिलामा नयाँ भेरिएन्ट डेल्टा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश आपतकालिक कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माद्धारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।





