पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ: कोरोना महामारीमा अग्रभागमा रहेका काम गरिरहेका बागलुङका पत्रकारहरुका लागि विभिन्न संघ संस्थाहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

नेपाली कांग्रेसमा आवद्ध युवा नेताहरुले पत्रकार महासंघ बागलुङ मार्फत पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन्। पत्रकारहरुलाई वितरण गर्नका लागि माक्स, स्यानिटाइजर, साबुन लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको उनीहरुले जनाएका छन्।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लिराम सुवेदी र पूर्व स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहका प्रताप पौडेलले पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कंडेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए।

उनीहरुले पत्रकारहरुलाई एक हजार थान मास्क, पाँच लिटर स्यानिटाइजर, ४० थान एन नाइटीफाइव मास्क, दुईथान अक्सिमिटर, एक दर्जन साबुन तथा १० थान थर्मोमिटर प्रदान गरेका हुन्।

ढोरपाटन न्यूजबाट

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय