गुल्मी मुसिकोटमा क्रियाशील समावेशी युवा क्लबको अध्यक्षमा दुर्गा खड्का चयन

गुल्मी मुसिकोटमा क्रियाशील समावेशी युवा क्लबको अध्यक्षमा दुर्गा खड्का चयन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– सुनिल न्यौपाने

गुल्मी: २०७३ सालमा गुल्मीको मुसिकोट-३, जलुकेमा स्थापना भएको समावेशी बाल क्लब परिमार्जन भै समावेशी युवा क्लब मुसिकोट गुल्मीमा रुपान्तरण भएको छ।

स्थापक सदस्यको अन्लाईन बैठकबाट क्लबका वरिष्ठ सल्लाह दुर्गा बहादुर खड्का ज्यू लाई समाबेशी युवा क्लब मुसिकोट गुल्मीको अध्यक्षमा निर्विरोध चयन गरिएको छ।

उक्त समावशी बाल क्लब २०७३ सालमा स्थापना भइ समाजमा सकारात्मक काम गर्दै आएको र अब थप नयाँ योजनाका साथ बाल क्लबलाई परिमार्जन गरि युवा क्लब बनाइएको क्लबले जनाएको छ।

आज युवा क्लबको अध्यक्ष मात्र चयन गरिएको अन्य आवस्यक कार्यसमिति जोड्ने जिम्मा नव नियुक्त अध्यक्ष खड्कालाई दिइएको र सदस्यमा बसेर काम गर्न चाहेमा मुसिकोट नगरपालिका ३ वडा भित्र रहनेलाई क्लबमा सदस्यता दिने अध्यक्ष दुर्गा खड्काले जानकारी दिनु भयो।

क्लबलाई चाडै नगरस्तरीय बनाउने योजना रहेको र योजना सफल हुदा मुसिकोट नगरपालिकालाई फाइदा हुने भएकोले अध्यक्ष खड्काले क्लबमा जोडिन आग्रह गर्नु भएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय