गलकोटका ३ सामुदायिक वनमा आगलागी, आगो नियन्त्रण बाहिर हुँदा स्थानिय चिन्तित

गलकोटका ३ सामुदायिक वनमा आगलागी, आगो नियन्त्रण बाहिर हुँदा स्थानिय चिन्तित

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

थम्मन थापा

बाग्लुङ: हिजो दिउँसो देखि गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायीक वनमा आगोलागी हुँदा करोडौको क्षति भएको छ।

भैँसे दान्सिङ डाँडा सामुदायीक वन, गलकोट नगरपालिका, वडा नं. ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठुलाचौर सामुदायिक वन सम्म फैलिएको छ। आगलागीको कारण दानसिङ डाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायीक वनका सदस्य मान बहादुर भण्डारीले जानकारी दिनुभयो।

दिउँसो देखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानियले आगो निभाउने प्रयास गरेता पनि अहिले आगो नियन्त्रण बाहिर रहेको उहाँले बताउनुभयो । सोही आगो छिमेकी वडाको ठुलाचौर सामुदायीक वनमा प्रवेश गरे सँगै उक्त सामुदायीक वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिनुभयो ।

आगोको कारण दानसिंङ सामुदायीक वन सँगै जोडिएको गगनपानी सामुदायीक वन गलकोट नगरपालिका वडा नं ५ को झण्डै ५ हेक्टर क्षेत्रफल वन क्षेत्र पनि क्षति भएको बताइएको छ । ठुलाचौर महिला सामुदायीक वन, दानसिङ डाँडा सामुदायीक वन सिमाना जोडिएका वन हुन । आगो अहिले पनि जंगलमा फैलिरहेको छ ।

आगो बस्ती तिर आउने खतरा रहेको भन्दै स्थानियवासी चिन्तित भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । आगो निभाउन स्थानिय र प्रहरीको सक्रियता रहेको वडा अध्यक्ष थापाले बताउनुभयो । वन क्षेत्रमा आगोलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी, वनमा रहेका रुख बिरुवा जलेर नष्ट भएका छन । साँझ परिसकेको र भीरमा आगोलागी भइरहेको हुँदा आगो नियन्त्रण गर्न कठिन भएको ठुलाचौर सामुदायीक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले जानकारी दिनुभयो। आगोलागी हुँदा करोडौको क्षति भएको छ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय