कार्यालय प्रमुख सहित ६ जना सवार पजेरो जीप बाढीले बगाएपछि-पुरा विवरण

कार्यालय प्रमुख सहित ६ जना सवार पजेरो जीप बाढीले बगाएपछि-पुरा विवरण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बुधबार कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलास्थित कजवे पुलमा विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको बा. १ च.१०८९ पजेरो जीप बाढीले बगाएको थियो। उक्त जीपमा विद्युत वितरण केन्द्र गजहेडाका कार्यालय प्रमुखसहित ६ जना सवार थिए जसमध्ये ३ जना भने हामफालेर बाच्न सफल भएका थिए। यस्तै गुल्मी घर भएका ३५ वर्षीय जीप चालक माधवप्रसाद पाण्डको हिजो नै मृत्यु भएको हो।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौड्यालले दिएको जानकारी अनुसार बाढीले बगाएर बेपत्ता हुनेमा बिहीबार अपरान्ह २ बजे अर्घाखाचीको सितगगा नगरपालिका वडा नम्बर १३ का केशव भाट क्षेत्रीको शव घटनास्थल भन्दा ६ किलोमिटर तल बणगंगा नगरपालिका वडा नम्बर ६ स्थित कपुवा भन्ने ठाउँमा शव फेला परेको छ। गजेडाका कार्यालय प्रमुखको भने खोजि कार्य जारी रहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय