सरकारले उडान अनुमति दिएपनि वायुसेवा सञ्चालकहरुले भने उडान नगर्ने, कारण यस्तो

सरकारले उडान अनुमति दिएपनि वायुसेवा सञ्चालकहरुले भने उडान नगर्ने, कारण यस्तो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाल सरकारले असोज १ गते देखि आन्तरिक उडान संचालन गर्न अनुमति दिएपनि वायुसेवा संचालकहरुले भने उडान संचालन नगर्ने बताएका छन्। नियमित उडान सञ्चालन गर्न तयार रहेतापनि ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न सम्भव नरहेको संघका प्रथम उपाध्यक्ष अनोज रिमालले बिज्ञप्तिमा उल्लेख गरेका छन्। अहिले उडान गर्न नसक्नुको पछाडी उनले अन्य कारणहरु पनि रहेका छन्। वायुसेवा संचालक संघले जारी गरेको बिज्ञप्ति अनुसार भारतलगायत अन्य मुलुकमा आन्तरिक उडानमा सामाजिक दुरी कायम गरी ५० प्रतिशत मात्र यात्रु बोक्ने व्यवस्था नरहेको तथा ५० प्रतिशत मात्र यात्रु बोक्दा टिकटको दर पनि दोब्बर पर्ने भएकाले यात्रुले अफोर्ड गर्न नसक्ने बताईएको छ।

हवाइ सञ्चालकहरुले गरेको माग अनुसार सरकारले निर्णय गरेपनि ५० प्रतिशत मात्र यात्रु बोकेर उडान गर्न नसकिने भएकाले संघले पूर्ण क्षमतामा यात्रु बोक्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह समेत गरेको छ। साथै यस्तो अवस्थामा उडान संचालन गर्दा वायुसेवा नै धरापमा पर्ने समेत उल्लेख गरिएको छ।

बिज्ञप्ति हेर्नुहोस

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय