एक बर्ष देखि आफ्नै छोरी बला*त्कार गर्दै आएका बाहु पक्राउ

एक बर्ष देखि आफ्नै छोरी बला*त्कार गर्दै आएका बाहु पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सिन्धुपाल्चोक घर भई ललितपुरको महालक्ष्मी नगरपालिकामा–६, मा बस्दै आएका ४० बर्षीय एक पुरुषले आफ्नै १७ बर्षकी छोरीलाई बलात्कार गरेका छन्। पिडितको भनाई अनुसार १ वर्षा देखि बलात्कार गर्दै आएको बताएकी छिन। महानगरीय प्रहरी प्रभाग लुभुका सई रत्नबहादुर थापाले भने, पटक-पटक बलात्कार भएपछी पिडित र उनका भाई उजुरी दिन आएको र उजुरीका अनुसार ति पुरुषलाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त, सातदोवाटोलाई बुझाएका छौ।’ किशोरीकी आमा अपांग छिन् भने विगत सात वर्षदेखि समता स्कुलको होस्टेलमा बस्दै आएकी छोरीलाई डेढ वर्षअघि आफूसँगै राख्न ल्याएका थिए।

यस्तै प्रहरीले श्रीमानलाई लगेपछि किशोरी र उनकी आमालाई घरबेटीले पनि बिगत सात महिना देखि घर भाडा नदिएको भन्दै घर बाट निकाली दिएका छन । किशोरीका बुबा भने घरमा रंग लगाउने काम गर्थिए। घरबार बिहिन भएपछी अपांग आमा सहयोग माग्न लुभुको प्रहरी कार्यालयमा पुगेकी थिइन्। ओरेक नेपाल र अपांग संघको समन्वयमा आमा र छोरालाई महिला आयोगको सेल्टरमा लगिएको र बलात्कृत किशोरीलाई भने नेपाल अपांग संघले आफ्नो सुधारगृहमा राख्न लगेको बताईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय