बाढीपीडितकाे समस्या बुझ्न नेकपा बागलुङको टाेली घटनास्थलमा

बाढीपीडितकाे समस्या बुझ्न नेकपा बागलुङको टाेली घटनास्थलमा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङको टाेली ढाेरपाटन नगरपालिका -८ र ९ काे बाढी प्रभावित क्षेत्रमा पुगेको छ । गत भदाै १७ अाएकाे बाढीका कारण प्रभावित क्षेत्र र स्थानीयहरुकाे अवस्था बुझ्न टाेली शुक्रबार त्यहाँ पुगेकाे हाे ।

ढाेरपाटन नगरपालिकाकाे-९ बाेबाङ, सुकुरदुङ, सुप्राङ, लाकुरीबाेट दुवाल हुँदै फल्लेघर पुगेर स्थानीयकाे अवस्था र बाढीले गरेकाे क्षतिकाे विवरण संकलन गरि फर्किएका जिल्ला सचिव ज्ञामनाथ गैरेले जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्रकाे अध्ययन गरी शिक्षा स्वास्थ्य, खानेपानी, यातायात, बिधुत, सञ्चार र अावास पुर्ननिर्माणकाे विषयमा स्थानीयसँग छलफल गरिएकाे छ।

प्रभावित क्षेत्रमा नेकपा बागलुङ जिल्ला इन्चार्ज बलावति शर्मा, जिल्ला सचिव ज्ञामनाथ गैरे अनिल, जिल्ला समन्वय समिति बागलुङकाे उपप्रमुख बिष्णु भुषाल, नेकपा पार्टी कार्यालय सदस्य कृष्ण पाठक, सदस्य लाल बहादुर थापा, जिल्ला सदस्य रुद्र पाैडेल, राष्ट्रिय युवा संघका जिल्ला संयाेजक रेशम घर्ती मगर, वडाध्यक्ष हरिबहादुर घर्ती मगर, नन्दबहादुर सुनारलगायतकाे टाेली घटनास्थलमा पुगेको हाे ।बिहीबार नेकपा बागलुङले बाढी प्रभावितका लागि करिब २० लाख ढाेरपाटन नगरपालिका हस्तान्तरण गरेकाे थियाे ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय