बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी र पहिरोमा परेर ६ जनाको ज्यान गएको छ

बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी र पहिरोमा परेर ६ जनाको ज्यान गएको छ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सुमित्रा कंडेल: बाग्लुंगको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका वार्ड न ०९,भुजुंगेमा राति परेको अविरल बर्षाका कारण भुजी खोलाको बाढी र पहिरोले गाउको २० घर बगाएको खबर आएको छ। स्थानियका अनुसार १७ जना जति (अनुमानित) व्यक्ति बेपत्ता भएका छन् भने बडिगाड गाउपलिका वार्ड न ०७ मा एउटा शव(१ पुरुष), बडिगाड गाउपलिका वार्ड न ०५ मा दुईटा शव (१ महिला १ पुरुष), ढोरपाटन नगरपालिका वार्ड न ०५, बुडथोकमा दुईटा शव र मुसिकोट नगरपालिका वार्ड न ०५ छल्दिपनामा एउटा शव (१ महिला) गरी अहिले सम्म ६ जनाको शव भेटिएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । सात जना अझै हराइरहेका छन् ।

यस्तै भुजी खोलाले लघुजलविद्युत र एउटा गाडी पनि बगाएको छ । खोजी र उद्धारकाे लागि प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदैछ। घटनास्थल सदरमुकामबाट ५ घण्टाको दूरीमा रहेको छ । ढोरपाटनको वडा नम्बर ६, ७, ८ र ९ मा गएराति धेरैबेरसम्म मुसलधारे पानी परेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय