आमा समुहद्धारा भानु माविको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा वितरण !

आमा समुहद्धारा भानु माविको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा वितरण !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जीवन पाण्डे,बडिगाड । बडिगाड गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा खुवाइएको छ । गाउँपालिकाको वडा नं ५ स्थित भानु माध्यमिक विद्यालयमा बसेका ५० जनालाई दिउँसोको खाजा स्वरुप सेलरोटी तरकारी अचार सहितको खाजा वितरण गरिएको हो ।

वडा नं ५ बालुवा स्थित रुद्रावती आमा समुहले क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा वितरण गरेको हो । आपतकालिन अवस्थामा सरकारमात्र नभई जनताको पनि आफ्नो जिम्मेवारी हुने भएकाले खाजा उपलब्ध गराएको समुहले जनाएको छ । क्वारेन्टाइनमा नास्ता उपलब्ध गराएकोमा क्वारेन्टाइनमा बसोबास गर्ने व्यक्तिहरुले आमा समुहलाई धन्यवाद व्यक्त गरेका छन् । उनीहरुले सरकारले क्वारेन्टाइनमा खाना तथा नास्ताहरु खुवाई रहेपनि आफ्नो दायित्व सम्झेर आमा समुहले आफुहरु माथि सहयोग गरेको बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय