पश्‍चिम एसिया युद्धमा कसरी मुछियो लेबनान, कति क्षति व्यहोर्यो 

पश्‍चिम एसिया युद्धमा कसरी मुछियो लेबनान, कति क्षति व्यहोर्यो 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ — लेबनानमा इजरायलको आक्रमणले अहिलेसम्म एक हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । जसमा १ सय १८ जनाभन्दा धेरै बालबालिका रहेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

१० लाखभन्दा धेरै मानिस हिजबुल्लाह–इजरायल युद्धले बिस्थापित भइसकेका छन् । इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी) का अनुसार बिस्थापित हुनेमध्ये ३ लाखजना बालबालिका छन् ।

गर्भवति महिला र बालबालिकाले पोषणयुक्त खाद्यान्नको अभाव भोगिरहेको पनि आईआरसीले जनाएको छ । सयौं विद्यालय तथा सार्वजनिक भवन आपतकालीन आश्रयस्थलमा परिणत भएका छन् । मानिसहरु कार र सडकमै सुतिरहेका छन् । 

हर्मुजको जलघाँटी तथा पश्चिम एसियामा हवाई सेवामा देखिएको अवरोधले विभिन्न देशमा राहत सामाग्री पुर्‍याउन पनि अफ्टेरो भइरहेको आइआरसीले जनाएको छ । ‘उदाहरणका लागि सुडानमा लैजान खोजिएको १३ लाख डलर बराबरको आधारभूत औषधि दुबईमै अलपत्र परेको छ,’ आइआरसीको विज्ञप्तिमा उल्लेख छ । 

आइआरसीले लेबनानमा घुम्ती स्वास्थ्य सेवा, औषधी वितरण, ब्ल्यांकेट, आधारभूत तथा पोषणयुक्त खाद्यान्न सामाग्री, शैक्षिक सामाग्री तथा बिस्थापित परिवारलाई मनोवैज्ञानिक परामर्श दिने काम गर्दै आएको छ । 

सिरिया तथा प्यालेस्टाइनको द्वन्द्वले बिस्थापित भएर लेबनानमा आइपुगेका शरणार्थी परिवारको अवस्था थप नाजुक रहेको आइआरसीले जनाएको छ ।  लेबनानमै कार्यरत अर्को सामाजिक संस्था एक्सन फर हंगरले बिस्थापित परिवारले खानेपानीको संकट व्यहारिरहेको जनाएको छ । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय