हर्क साम्पाङको श्रमदानमा सहभागी धरान ४ का वडाध्यक्षलाई बर्खास्त गर्न एमालेको सिफारिस

हर्क साम्पाङको श्रमदानमा सहभागी धरान ४ का वडाध्यक्षलाई बर्खास्त गर्न एमालेको सिफारिस

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आयोजना गरेको श्रमदानमा सहभागी भएका वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट हटाउन नेकपा (एमाले) धरानले सिफारिस गरेको छ ।

एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईका अनुसार, वडाध्यक्ष धनबहादुरले पार्टीको हितविपरीत काम गरेको भन्दै कारबाहीका लागि जिल्ला कमिटीलाई सिफारिस गरिएको हो ।

२०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष राई कार्यपालिका बैठकमा अनुपस्थित हुने, पार्टीको निर्देशनविपरीत काम गर्ने र पार्टीले बोलाएका बैठकमा सहभागी नहुने गरेको उपाध्यक्ष पारसले बताए ।

धनबहादुरलाई पटक९पटक सम्झाउँदा पनि अटेर गरेको र तीनपटक स्पष्टीकरण सोध्दा समेत सन्तोषजनक जवाफ नदिएको कारण निर्वाचन आयोगमा बर्खास्तीको सिफारिस गरिएको उनले बताएका छन् ।  एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष पर्सुराम यादवले धनबहादुरलाई एकपटक पार्टी कार्यालयमा बोलाएर कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय