गृहमन्त्रीले भने– भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन

गृहमन्त्रीले भने– भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सभामुख देवराज घिमिरेले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधका सदन सञ्चालन गरेका छन्।

सभामुख घिमिरेले रास्वपाको नाराबाजीबीच गृहमन्त्री रमेश लेखकलाई बोल्ने समय दिएका हुन् । गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन्। उनले आफूविरुद्ध नियोजित षड्यन्त्रका रूपमा यो विषय ल्याइएको आरोप लगाएका छन् ।

‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन र हुनै सक्दैन। मेरा विरुद्धमा नियोजित रूपमा षड्यन्त्र भएको छ । त्यसको म खेद प्रकट गर्न चाहन्छु,’ उनले भने। संवैधानिक निकायले अनुसन्धान गरिरहेका बेला मन्त्रीहरूलाई छानबिन गर्दै जाने हो भने कुनै पनि मन्त्री बाँकी नरहने उनको भनाइ छ। ‘यसअघि यस्ता विषयमा कति जना मन्त्रीले जवाफ दिनुभएको छ,’ उनले प्रश्न गरे । उनले भ्रष्टाचार नियन्त्रणका लागि आफू थप क्रियाशीलता रहने र अनुसन्धानमा कुनै प्रभाव पार्ने काम नगर्ने बताए। ‘अनुसन्धानमा प्रभाव पार्ने काम हुनु हुँदैन भन्ने म स्पष्ट छु। गृहमन्त्री पदको दुरुपयोग गरेको भन्ने कुरा गलत छ। म त्यस्तो गर्दिनँ,’ उनले भने।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय