तीन दलबीच दुई बुँदे सहमति : गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, छानविन समिति पनि नबन्ने

तीन दलबीच दुई बुँदे सहमति : गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, छानविन समिति पनि नबन्ने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । लगातार अवरुद्ध हुुँदै आएको संसद खुलाउन सत्ता र प्रमुख प्रतिपक्षीबीच दुुई बुँदे सहमति भएको छ। भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहित दुई साता लामो समयदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन्।

सहमतिमा सत्ता पक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र प्रतिपक्षबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन्। तीन दलहरुबीचको सहमतिसँगै गृहमन्त्री रमेश लेखक त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा जानेबाट सेटिङमा लाखौं उठाउने गरिएको प्रकरणमा पद जोगाउन सफल भएका छन्।

गत जेठ ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि सुरू भएको भिजिट भिसा प्रकरणमा शुक्रबार तीन दलले सहमति गरेसँगै गृहमन्त्री लेखकको संकट तत्कालका लागि टर्ने देखिएको छ। अख्तियारको टोलीले त्रिभुवन विमानस्थल अध्यगमन कार्यालयबाट भट्टराईलाई नियन्त्रणमा लिएपछि दैनिक ५० लाखदेखि एक करोड रुपैयाँसम्म लिने गरेको खुलासा भएको थियो।
यस्तो छ दुई बुँदे सहमति

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय