बागलुङमा पार्किङ गरेको डोजरमा आगलागी

बागलुङमा पार्किङ गरेको डोजरमा आगलागी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङको निसीखोलामा डोजरमा आगलागी भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–५ काफलठुँटामा पार्किङ गरेर राखेको बुर्तिबाङका भीम गौतमको डोजरमा शुक्रबार राति साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट डोजरमा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए । बायखोला–झिम्पा–निसी सडकको काम गरि रहेको डोजरमा आगलागी भएपछि कामसमेत प्रभावित भएको छ ।

डोजरमा कसले किन अगाजनी ग¥यो भन्ने नखुलेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । डोजरको सिसा, रबर लगाएत अधिकांश भाग जलेर नष्ट भएको उनले जानकारी दिए । डोजरमा आगजनी गर्नेको खोजी कार्यभइरहेको बस्नेतले बताए ।

डोजर नयाँ भएको हुँदा अहिलेसम्म नम्बर पत्ता नलागेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय