४६ अंकले घट्यो नेप्से, १० अर्ब ९ करोडको कारोबार

४६ अंकले घट्यो नेप्से, १० अर्ब ९ करोडको कारोबार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ । नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ ।

यो सहित लगातार पाँचौं दिन बजार घटेको छ । बजारको अंक घटे पनि कारोबार रकम उस्तै छ । आज १० अर्ब ९ करोडको कारोबार भएको छ । कुल २४ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने २ को स्थिर रह्यो ।

यस दिन सबै सेक्टर घटेका छन् । अन्य सेक्टर सबैभन्दा धेरै २.६९ प्रतिशत घट्यो । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमाको मूल्यमा आएको करेक्सनले समग्र सेक्टरलाई बढी प्रभाव पार्‍यो ।

बैंकिङ १.३६, विकास बैंक १.७१, फाइनान्स १.८७, हाइड्रोपावर १.६६, लगानी २.४९, जीवन बीमा १.७४, उत्पादन ०.९१, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा १.२६, अन्य २.६९ तथा व्यापार ०.८१ प्रतिशत घटे ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय