राजावादीको प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

राजावादीको प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीले गरिरहेको प्रदर्शनले यात्रुहरूलाई सास्ती भएको छ।हजारौंको संख्यामा राजावादीहरू पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न जम्मा भएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।

कोटेश्वर, तीनकुने, विमानस्थल, गौशाला, चाबहिल क्षेत्रको ट्राफिक व्यस्थापन अस्तव्यस्त हुँदा यात्रुहरूको बेहाल भएको हो । सुरक्षा व्यवस्थाका लागि हजारौं सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । पूर्वराजा शाहले अहिले पोखराबाट काठमाडौं आउँदै छन् । पोखरालगायत पश्चिम क्षेत्रको भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र आइतबार काठमाडौं फर्किन लाग्दा राजतन्त्रका समर्थकहरूले स्वागतका लागि विमानस्थलमा भेला हुन लागेका हुन् ।

राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाको एउटा समूह जुलुससहित विमानस्थल बाहिर पुग्दैछ । गणतान्त्रिक व्यवस्थालाई लिएर प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्र शाहले दिएको सन्देशपछि पूर्वराजावादीहरू उत्साही भएका छन् । त्यसपछि राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईंलगायतका राजावादी संगठनहरूले पूर्वराजालाई काठमाडौंमा स्वागत गर्ने तयारी गरेका हुन् । सुरक्षा स्रोतका अनुसार पूर्वराजा शाह अपरान्ह साढे ३ बजे पोखराबाट काठमाडौंका लागि उड्ने तयारी छ । काठमाडौंमा भने दिउँसो १ बजेदेखि नै विमानस्थलबाहिर राजतन्त्रका समर्थक भेला भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय