जबरजस्ती करणी मुद्दामा सात किशोर पक्राउ

जबरजस्ती करणी मुद्दामा सात किशोर पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी मुद्दामा सात जना किशोरहरु पक्राउ गरेको छ । गत माघ महिनाको ६ गते बिहान ८ः३० बजेको समयमा जिल्ला हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिर नजिकै जंगलमा जबरजस्ती करणी गरेको भन्दै युवतीले दिएको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पीडित युवतीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा फागुन २२ गते हेटौंडाको विभिन्न स्थानहरुमा बस्ने आरोपित किशोरहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किशोरहरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय