काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुन प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
छापावाल सुन प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो हाससम्मकै उच्च मूल्य हो । यसअघि सुन एक लाख ७० हजारसम्म पुगेको थियो । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।





