पोखरामा आज सबै भन्दा बढी प्रदूषण

पोखरामा आज सबै भन्दा बढी प्रदूषण

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पोखरा । कास्कीको पोखरा सहर आज (बुधबार) देशकै सबैभन्दा बढी प्रदूषित बनेको छ । वातावरण विभागका अनुसार, बुधबार बिहान ११ः३० बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १७९ पुगेको छ । दोस्रो प्रदूषित सहरमा चितवनको भरतपुर मापन भएको छ । सोही समयमा भरतपुरको एक्यूआई १७० पुगेको छ । यस्तै, ललितपुरको भैँसोपटी, खुमलटार,भक्तपुर र काठमाडौंको रत्नपार्क तथा शंखपार्कको एक्यूआई पनि १५२ देखि १६९ तथा सम्म रहेको छ ।

स्वास्थ्यका दृष्टिकोणले यी सात सहर अस्वस्थकरको सूचीमा छन् । पोखरामा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १३६.९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । वायुको गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय