छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन रुपन्देही अदालतको आदेश

छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन रुपन्देही अदालतको आदेश

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । जिल्ला अदालत, रुपन्देहीले पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा मुछिएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जोशीलाई अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले सोमबार (आज) पुर्पक्षका लागि थुनामा पठाएको हो। यसअघि उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए ।

रुपन्देहीमा पनि सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि आफै अदालतमा उपस्थित भएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । उनीविरुद्ध चितवनको साहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय