कास्की अदालतको आदेशविरुद्ध उच्चमा पुगे रवि, साधारण तारेखको माग

कास्की अदालतको आदेशविरुद्ध उच्चमा पुगे रवि, साधारण तारेखको माग

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

जिल्ला अदालत कास्कीको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै सभापति लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिएका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासबाट ६५ लाख धरौटीमा रिहा भएका लामिछानेले जिल्ला अदालतले तोकेको धरौटी बदर गरि साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भन्दै उच्चमा निवेदन दर्ता गरेका हुन् ।

लामिछानेका कानुन व्यवसायीका अनुसार जिल्ला अदालतले तोकेको धरौटी रकम बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गर्न पाउने आदेशको माग गर्दै निवेदन दर्ता भएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय