५२ अंकले बढ्यो नेप्से

५२ अंकले बढ्यो नेप्से

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सेयर बजारमा हरियाली छाएको छ। बुधबार नेप्से सूचक ५२.३६ विन्दुले बढेर २६६५.४५ अंकमा पुगेसँगै लगानीकर्तामा उत्साह आएको छ।

त्यस्तै, आज ९ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। २ वटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा सबै समूहका सूचक बढेका देखिन्छन्। अन्य समूहको सेयर सबैभन्दा धेरै बढेको छ। 

यसदिन ३ सय २२ कम्पनीको १ करोड ७६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ६१ करोड ३६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ। 

नेप्से सूचक फराकिलो अंकले बढ्दा लगानीकर्ता  पनि आशावादी देखिएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय