गोकुल बास्कोटाको प्रश्न- बजेट पास भयो, अहिलेसम्म नलागेको ठेक्का कहिले लाग्छ ?

गोकुल बास्कोटाको प्रश्न- बजेट पास भयो, अहिलेसम्म नलागेको ठेक्का कहिले लाग्छ ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सत्तारुढ एमालेका सांसद गोकुल बास्कोटाले बजेट पारित भएको महिनौं बितिसक्दा पनि योजनाको ठेक्का नलागेको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले हालसम्म पनि योजनाको ठेक्का नलगाउँदा योजना आर्थिक वर्षभित्रै सम्पन्न हुनेमा उनले आशंका जनाएका छन् ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद बास्कोटाले बजेटमार्फत ल्याइएका योजना कार्यान्वयनमा भइरहेका ढिलाइबारे प्रश्न उठाएका हुन् । ‘बजेट आएको कति भयो ? ठेक्का लागेको छैन । ठेक्का कहिले लाग्ने हामी कसैलाई पनि थाहा छैन । संसद त बोलाइया छ,’ बास्कोटाले प्रश्न गरे, ‘अहिलेसम्म पनि ठेक्का लगाइएको छैन भने कहिले लाग्छ ? चैतमा ठेक्का लाग्छ ?’

चैतमा ठेक्का लागेर जेठमा काम गर्ने अनि असारमा बजेट फरफारक गर्ने परम्परा अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । ‘यसलाई सच्याउन लागि हामीले केही भनेका छैनौं ?,’ उनले समितिमा प्रश्न उठाए । बीपी राजमार्ग बाढीले प्रभावित गरेको तर त्यसलाई पुनर्निर्माणका लागि सरकारी संयन्त्रले काम नगरेको पनि बास्कोटाले बताए । उनले थपे, ‘बाढीपीडित क्षेत्रको मान्छे हो, त्यहाँ काम केही भएको छैन । बीपी हाइवे कति बनेको छ ? पूर्व जाने, मधेस झर्ने कति जना माननीय हुनुहुन्छ ?’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय