बडिगाड गाउँपालिकामा चार वर्षअघि गाडिएका विद्युतका पोल उखेलियो, स्थानीय आक्रोशित

बडिगाड गाउँपालिकामा चार वर्षअघि गाडिएका विद्युतका पोल उखेलियो, स्थानीय आक्रोशित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । चार वर्षअघि केन्द्रीय विद्युत् प्रशारणका लागि गाडिएका पोलहरू एकाएक उखेलिएपछि बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ५ ग्वालीचौरका स्थानीय आक्रोशित भएका छन्।

स्थानीयको भनाइअनुसार, ४ वर्षअघि गाडिएका पोलहरूमा तार तान्नुपर्नेमा, उल्टै पोलहरू उखेलेर अन्यत्र लैजान थालिएको थाहा पाएपछि उनीहरूले प्रतिरोध गरेका हुन्।

बुधबार दिउँसो स्थानीय बासिन्दाहरू लघु जलविद्युत् झारामा व्यस्त रहेका बेला पोलहरू ट्र्याक्टरमा लोड गरेर खार बजार लैजाने प्रयास भएको थियो। तर, स्थानीयले ट्र्याक्टरलाई नियन्त्रणमा लिँदै उखेलिएका पोलहरू पुनः गाउँमै फर्काएका छन्।

स्थानीयले यो घटनामा जनप्रतिनिधिहरूको संलग्नता रहेको आरोप लगाएका छन्। “हामीलाई कुनै जानकारी नदिई पोल उखेलिएको छ। स्थानीय सरकार जनताको सुविधाका लागि काम गर्नुपर्नेमा उल्टै आघात पुर्‍याएको छ,” पूर्व वडा सदस्य घम्बीर पेमीले बताए।

विद्युत् प्राधिकरणले देशभर तीव्र गतिमा विद्युतीकरण भइरहेको बताइरहँदा ग्वालीचौरको यो घटनाले परियोजनामा समन्वय र पारदर्शिताको नरहेको देखाएको स्थानियको भनाई छ। स्थानीयहरूले पोलहरू उखेल्ने काम रोक्न ट्र्याक्टर नियन्त्रणमा राखेका छन् । पोलहरू सम्बन्धित ठाउँमा पुनःस्थापित नगरेसम्म ट्र्याक्टर नछोड्ने अडान लिएको एक स्थानियले बताए ।

स्थानीयले यस विषयमा पूर्ण जानकारी दिन र परियोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेका छन्। “पोल गाड्न र तार तान्नको लागि हाम्रो सहयोग तयार छ, तर यस्तो लापरवाही सह्य छैन,” स्थानीय एक बासिन्दाले भने।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय