४५.८८अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

४५.८८अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । आज  नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको छ ।आज नेप्से १.७१ प्रतिशतले बढ्दा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार बराबरको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै नेप्से बढ्दा २११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०८ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार ३५० पटक शेयर किनबेच भएको छ । आज नेप्सेमा उछाल आउँदा म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ ।

आज म्युचुअल फण्ड ०.३४ प्रतिशतले घटेर २१.६३ विन्दुमा पुगेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह ३.४३ प्रतिशतले बढेर १४५२.८३ विन्दुमा पुगेको छ । सबैभन्दा कम लघुवित्त समूह ०.४२ प्रतिशतले बढेर ४ हजार ९७४.३४ विन्दुमा पुगेको छ ।

त्यस्तै, विकास बैंक १.६३ प्रतिशतले, फाइनान्स १.६३ प्रतिशतले, होटेल तथा पर्यटन १.०५ प्रतिशतले, हाइड्रोपावर १.९६ प्रतिशतले, लगानी ०.७९ प्रतिशतले, जिवन बिमा १.०७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.६० प्रतिशतले, लघुवित्त ०.४२ प्रतिशतले, निर्जीवन बिमा १.०३ प्रतिशतले, अन्य समूह ०.५७ प्रतिशतले र ट्रेडिङ समूह १.५६ प्रतिशतले बढेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय