पहिरोका घाइतेहरूलाई उद्धारका लागि गएको हेलिकोप्टर बडिगाड नपुगेर फर्कियो

पहिरोका घाइतेहरूलाई उद्धारका लागि गएको हेलिकोप्टर बडिगाड नपुगेर फर्कियो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकोप्टर बागलुङ बजारमा अवरतण गरेको छ ।

बडिगाड गाउँपालिका १० आरुपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पटक पटक प्रयास गर्दा पनि मौसमका कारण बडिगाडमा अवतरण गर्न नसकेपछि बागलुङमा अवतरण गरेको हो ।

कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकोप्टर बागलुङमै अवतरण गर्नु परेको श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्नेल शितल बानियाँले जानकारी दिए ।

पहिरोमा परेर बडिगाड गाउँपालिका १० बस्ने २६ वर्षीय ओम प्रकाश पुन, ४६ वर्षीया संगिता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेन बुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ७८ वर्षीय जोगबहादुर बुढा, ५१ वर्षीय शसिराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीया सिता थापा घाइते छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय