दरमखोलामा एक पुरुषको शव फेला

दरमखोलामा एक पुरुषको शव फेला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी, मुसिकोट । गुल्मी र बागलुङ जिल्लाको सिमानामा पर्ने दरमखोलामा एक पुरुषको शव फेला परेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ – बसेरी र गलकोट नगरपालिका ११ स्थित दरमखोला नदीमा गलकोट नगरपालिका वडा नं ११ रिघाफेँदीका ५२ वर्षीय नर बहादुर कुमालको शव फेला परेको हो ।

उनको शव खोलामा घोप्टो परेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक नरबहादुर मंगलबार बेलुकी देखि घरबाट हिँडेको परिवारले बताएका छन् ।

अहिले प्रहरीले घटनास्थलबाट शवको मुचुल्का गरी पोष्टमार्टमका लागि हरिचौर लगेको छ । उक्त स्थानमा स्थानीयहरु खोला तरेर वारपार गर्ने गरेका छन् ।

खोला तर्ने क्रममा मृतक कुमाललाई खोलाले बगाएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय